बिहीबार , वैशाख २७ गते २०८१

फष्ट लुक्समा यस्तो देखियो ‘बोक्सीको घर’

फष्ट लुक्समा यस्तो देखियो ‘बोक्सीको घर’

अखबार दैनिक
बुधबार, फागुन २ २०८०
  • फष्ट लुक्समा यस्तो देखियो ‘बोक्सीको घर’

    काठमाडौँ । अभिनेत्री केकी अधिकारीले निर्माण गरेको फिल्म ‘बोक्सीको घर’ को फस्ट लुक्स पोस्टर रिलिज गरिएको छ । केकीले प्रेम दिवसको अवसर फिल्मको पोष्टर सार्वजनिक गरेकी हुन् ।

    images

    फिल्मप्रति दर्शकको प्रेम अटुट रहने अपेक्षासहित निर्माण युनिटले आज फस्ट लुक सार्वजनिक गरेको हो । फिल्मको रिलिज मिति वैशाख १४ तोकिएको छ । 

    सार्वजनिक पोस्टर पूर्ण रुपमा नेपाली समाजले बोक्सीका बारेमा बनाएको धारणामा आधारित छ । पोस्टरमा फिल्मको नामसँग मिल्ने गरी बिम्बात्मक रूपमा डिजाइन गरिएको छ ।

    boksiko-ghar-movie_9iJc2cNZ8t.webp

    सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्ममा केकी अधिकारी फिल्मस्ले निर्माण गरेको हो । फिल्मका निर्माता केकीका बाबु बद्री अधिकारी र कार्यकारी निर्माता राज घिमिरे हुन् । 

    फिल्ममा केकीका अलवा सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । शिवराम श्रेष्ठको छायाङ्कन, लोकेश बज्राचार्यले सम्पादन रहेको फिल्म टिफल्क फिल्मसले गर्दैछ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ