बिहीबार , वैशाख २७ गते २०८१

'मेयर'को मुहूर्त, शीर्ष भूमिकामा खगेन्द्र लामिछाने

'मेयर'को मुहूर्त, शीर्ष भूमिकामा खगेन्द्र लामिछाने

अखबार दैनिक
बुधबार, फागुन २ २०८०
  • 'मेयर'को मुहूर्त, शीर्ष भूमिकामा खगेन्द्र लामिछाने

    काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाको जीवनीमा आधारित रहेर निर्माण हुने फिल्म’मेयर’को राजधानीमा आज मुहूर्त गरिएको छ ।

    images

    सरस्वती पूजा तथा भ्यालेन्टाइन डेको अवसर पारेर  राजधानीको दरबारमार्गस्थित नारायणहिटी मन्दिरमा फिल्मको मुहूर्त गरिएको हो । 

    फिल्मका कार्यकारी निर्माता तथा निर्देशक दीपेन्द्र के खनाल हुन् । ’केही राम्रो काम गरेरै छोड्छु भन्ने दृढ सपना भएको मान्छेले कठिन परिस्थिति, घात प्रतिघातका बिचमा पनि सङ्घर्ष गरेर समाजलाई आर्थिक, सामाजिक र शैक्षिक रूपमा कसरी राम्रो बाटोमा डोर्याउन सक्छ भन्ने विषयमा फिल्म केन्द्रित हुनेछ,’उनले भने ।

    फिल्ममा शीर्ष भूमिकामा अभिनेता खगेन्द्र लामिछाने रहनेछन् भने उनको अपोजिटमा वर्षा राउत छिन् । त्यस्तै अर्पण थापा, अनुप बराल, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, रवीन्द्र झा, रमेश बुढाथोकी, अविंशाचापा, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसीलगायत अन्य कलाकारले फिल्ममा अभिनय गर्नेछन् ।

    फिल्मबाट निर्माताको रूपमा बृष्टिमां खनाल र कलाकारको रूपमा अविंशा थापाले डेब्यू गर्दै छन् । फिल्म पटकथा प्रडक्शनले निर्माण गर्न लागेको हो । शर्मिला पाण्डे र श्रृष्टिमां खनाल निर्माता रहेको फिल्ममा महेश दवाडीको पटकथा लेखन, कृष्णबहादुर थापाको छायांकन, जयन जे बाइवा र कल्याण सिंहको संगीत रहनेछ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ