बिहीबार , वैशाख २७ गते २०८१

२५ दिनमै सकियो ‘खजुरे ब्रो’ को छायाङ्कन

२५ दिनमै सकियो ‘खजुरे ब्रो’ को छायाङ्कन

अखबार दैनिक
बुधबार, फागुन २ २०८०
  • २५ दिनमै सकियो ‘खजुरे ब्रो’ को छायाङ्कन

    काठमाडौँ । फिल्म ‘खजुरे ब्रो’ को छायाङ्कन सकिएको छ । धरानका विभिन्न स्थानमा छायाङ्कन भएको फिल्मको छायाङ्कन २५ दिनमा सकिएको हो । फिल्मका कार्यकारी निर्माता डायमन्ड उप्रेतीले फिल्मको छायाङ्कन सोचेभन्दा राम्रो र छिटो सकिएको जानकारी दिए ।

    images


    पारिवारिक व्यङ्ग्यात्मक ‘लाइट कमेडी’ जनरामा आधारित फिल्मको निर्माता नवीन मानन्धर हुन् । दिव्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा सुरज सुनुवार निर्देशन रहेको फिल्म ‘खजुरे ब्रो’ निर्माणमा सुरजलाई नवीन मानन्धरले साथ दिएका छन् । फिल्मका लेखक समेत निर्माता सुरज हुन् ।

    फिल्ममा नीति शाह, रेयर राई, महेश त्रिपाठी, नवीन मानन्धर, प्रकाश भुजेल, विनीता थापा मगर, सुष्मा निरौला, पुष्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राई लगायत कलाकारको मुख्य भूमिका छ । फिल्ममा धरानका मेयर हर्क साम्पाङले पनि अतिथि कलाकारको रूपमा काम गरेका छन् ।

    शिशिर बिसंखेले छायाङ्कन, अनमोल गुरुङको संगीत रहेको फिल्ममा सहकार्य विथ मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रा.लिको रहेको छ । फिल्मको प्रदर्शन जेठमा हुने निर्माण टिमले जानकारी दिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार