शनिबार, जेठ ५ गते २०८१

५ सय ९४ किलो गाँजासहित चार जना पक्राउ

५ सय ९४ किलो गाँजासहित चार जना पक्राउ

अखबार दैनिक
बुधबार, फागुन २ २०८०
  • ५ सय ९४ किलो गाँजासहित चार जना पक्राउ

    धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ९४ किलोसहित ४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत अररिया वतना गाँउ-१ बस्ने ४४ वर्षीय नईम खान, भारत अररिया विहार बस्ने १८ वर्षीय किशोर, भारत अररिया कलियागञ्ज बस्ने ७० वर्षीय लखन महत्तो र मोरङ रंगेली नगरपालिका(७ बस्ने ७० वर्षीय गयानन्द मण्डल रहेका छन् । 

    images

    इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले मुलघाटदेखि विराटनगरतर्फ जाँदै गरेको को।१ ख ७३२२ नम्बरको डिजेल-पेट्रोल बोक्ने ट्याङकरलाई जाँच गर्ने क्रममा ट्याङ्करको बिचको डिब्बा (केल) भित्र लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्याङ्करमा सवार उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान  भइरहेको प्रकरीले जानकारी दिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार