बुधबार, वैशाख २६ गते २०८१

हलिउड फिल्म ‘ओपेनहाइमर’ फेम्ड अमेरिकी लेखक काई बर्ड काठमाडौंमा

हलिउड फिल्म ‘ओपेनहाइमर’ फेम्ड अमेरिकी लेखक काई बर्ड काठमाडौंमा

अखबार दैनिक
बुधबार, फागुन २ २०८०
  • हलिउड फिल्म ‘ओपेनहाइमर’ फेम्ड अमेरिकी लेखक काई बर्ड काठमाडौंमा

    काठमाडौं । विश्वचर्चित हलिउड फिल्म ‘ओपेनहाइमर’ फेम्ड लेखक तथा पुलित्जर पुरस्कार विजेता काई बर्ड नेपाल आइपुगेका छन् । सोमबार काठमाडौं आइपुगेका उनले फागुन ३ देखि ७ गतेसम्म पोखरामा आयोजना हुने नेपाल लिटरेचर फेस्टिभलमा सहभागिता जनाउनेछन् ।

    images

    बर्डको चर्चित पुस्तक ‘अमेरिकन प्रोमेथियस : द ट्रिम्प एण्ड ट्रयाजेडी अफ जे रोबर्ट ओपेनहाइमर’मा आधारित रहेर उक्त फिल्मको निर्माण भएको हो ।

    लेखक बर्डसँग सोमबार नेपालको ठूलो मल्टिप्लेक्स चेन फिल्म हल क्यूएफएक्स तथा ‘ओपेनहाइमर’लाई नेपालमा रिलिज गरेको वितरण कम्पनी एप्पल इन्टरटेनमेन्टका प्रमुख नकिम उद्दिनले भेटेका छन् ।

    लाजिम्पाटको एक होटलमा भएको उक्त भेटमा दुईजनाबीच फिल्मबारे कुराकानी भएको थियो । सो अवसरमा बर्डले आफू लिखित पुस्तकबाट फिल्म कसरी बन्यो भन्नेबारे रोचक अनुभव पेश गरेका थिए ।

    क्रिस्टोफर नोलनले फिल्म बनाउनुअघि यसअघि पनि उक्त पुस्तकमाथि दुईजनाले पनि फिल्मका लागि प्रयास गरेको अनुभव उनले सेयर गरेका थिए । उनी बुधबार पोखरा जाने कार्यक्रम रहेको बुझिएको छ ।

    फेस्टिभलमा बर्डको पुस्तकमाथि चर्चा हुनेछ । फेस्टिभल आयोजक मिमांशा ढुंगेलका अनुसार पत्रकार कुन्द दीक्षितले लेखक बर्डसँग किताबदेखि फिल्मसम्मको यात्राका बारेमा चर्चा गर्नेछन् ।

    फेस्टिभललगत्तै बर्ड फर्किनेछन् । उक्त पुस्तकबाट बर्डले सन् २००६ मा पुलित्जर पुरस्कार प्राप्त गरेका थिए । ‘ओपेनहाइमर’ यस वर्षको ओस्कार अवार्डको १३ विधामा मनोनित छ । यो फिल्मले नेपाली बक्स अफिसमा पनि राम्रै कमाइ गरेको थियो ।

    फेस्टिभलमा सहभागी हुन ‘क्लाउड’ र ‘आर्जी द ड्वार्फ’जस्ता चर्चित उपन्यासका लेखक चन्द्रहाँस चौधरी, चर्चित लेखिका जेनिस प्यारिअट पिन, गायक विपुल क्षेत्री लगायतका अतिथि पोखरा पुग्ने भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार