शनिबार, जेठ ५ गते २०८१

सुनको भाउ १२ सय रुपैयाँ घट्यो

सुनको भाउ १२ सय रुपैयाँ घट्यो

अखबार दैनिक
बुधबार, फागुन २ २०८०
  • सुनको भाउ १२ सय रुपैयाँ घट्यो

    २ फागुन, काठमाडौं । बुधबार एकै दिन सुनको भाउ तोलामा १२ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दुई दिनमै सुनको मूल्य तोलामा १५ सय घटेको छ ।

    images

    सोमबार तोलामा १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको सुन मंगलबार ३ सय घटेर १ लाख १७ हजार ७ सय रुपैयाँमा झरेको थियो । आज बुधबार फेरि १२ सय रुपैयाँ घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

    चाँदीको मूल्य पनि आज तोलाको ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १३९५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १३६५ रुपैयाँ कायम भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार