बुधबार, वैशाख १९ गते २०८१

बंगुरलाई फालेको खाना नखुवाउन आग्रह

बंगुरलाई फालेको खाना नखुवाउन आग्रह

अखबार दैनिक
मंगलबार, फागुन १ २०८०
  • बंगुरलाई फालेको खाना नखुवाउन आग्रह

     काठमाडौँ । पछिल्लो समय ‘अफ्रिकन स्वाइन फिभर’देखा परेसँगै बंगुरलाई फालेको खाना नखुवाउन विज्ञहरुले सुझाव दिएका छन् । रेष्टुरेन्ट, होटेल, घरबाट निस्काने खाना बंगुरलाई नखुवाउन उनीहरुले आग्रह गरेका हुन् ।

    images


    तीन चार दिनको बासी खाना खुवाउनले बंगुरमा सो रोगको जोखिम बढी हुने भएकोले नखुवाउन विज्ञहरुले आग्रह गरेका हुन् । त्यस्ता खानाखुवाउनै परेमा ३० मिनेट पकाएर मात्रै खुवाउन केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका पशु चिकित्सा डा. बरुण कुमार शर्माले बताए । ‘फालेको खाना बंगुरलाई खुवाउन परेमा ३० मिनेट पकाउने,’ उनले भने, ‘सेलाएपछि खुवाएमा अफ्रिकन स्वाइन फिभर जोखिम कम हुन सक्छ ।’


    यस्तै, फालेको खानमा भाइरसको जोखिम बढी हुने भएकाले त्यस्तो खाना बंगुर तथा बाँदेललाई नखुवाउन पशु सेवा विभागले समेत आग्रह गरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार