मंगलबार, वैशाख १८ गते २०८१

अष्ट्रेलिया उडेका नितेशजंग कुवँर जब हङकङको ट्रान्जिटबाटै नेपाल फर्कनुपर्‍यो !

अष्ट्रेलिया उडेका नितेशजंग कुवँर जब हङकङको ट्रान्जिटबाटै नेपाल फर्कनुपर्‍यो !

अखबार दैनिक
मंगलबार, फागुन १ २०८०
  • अष्ट्रेलिया उडेका नितेशजंग कुवँर जब हङकङको ट्रान्जिटबाटै नेपाल फर्कनुपर्‍यो !

    काठमाडौं । युवापुस्तामाझ चर्चित गायक नितेशजंग कुवँरले हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा असहज परिस्थिती भोग्नुपरेको छ । सांगीतिक टूर ‘रिबर्थ’का लागि आमा र गायिका समृद्धि राईसँग अष्ट्रेलियातर्फ उडेका उनले हङकङ एयरपोर्टको ट्रान्जिटमा पासपोर्ट हराएपछि हैरानीको सामना गर्नुपर्‍यो ।

    images

    पासपोर्ट खोज्दै ६६ घण्टा ट्रान्जिटमै बिताएका उनी नभेटेपछि पुनः काठमाडौं फर्कनुपरेको छ । आमा र समृद्धि चाहिँ अष्ट्रेलिया लागेका छन् । जसको कारण उनको प्रतीक्षित ‘रिबर्थ’ अष्ट्रेलिया टूर प्रभावित बनेको छ । मेलबर्नको कन्सर्ट पोस्टपोन्ड भएको छ भने अन्य सहरको सेड्युल पनि प्रभावित हुन पुगेको छ ।

    हराएको पासपोर्ट पुनः बनाएर भिजा लगाउन उनी पुनः काठमाडौं आइपुगेका छन् । नितेशकी प्रेमिका समेत रहेकी समृद्धिले इन्स्टाग्राममा लामो स्टाटस पोस्ट गर्दै नितेश र आफूले खेप्नुपरेको हैरानीको वर्णन गरेकी छन् । उनले पासपोर्टको खोजीका लागि हङकङ विमानस्थल र नेपाली कन्सुलेटको मद्दत मागेको तर, नभेटिएको उल्लेख गरेकी छन् ।

    समृद्धि लेख्छिन्- यी पछिल्ला केही दिनहरू सजिलो थिएनन् र हामी सबै उच्च तनावमा काम गरिरहेका छौं किनकि नितेश लगभग ६६ घण्टा एयरपोर्टमा फसेका छन् । म यहाँ अष्ट्रेलियामा छुटेको र असहाय महसुस गर्दै छु । यी सामान्य परिस्थिती होइनन् र यो चुनौतीपूर्ण छ । तर, शो जारी रहनुपर्छ ।’

    ‘हामीले सामना गरिरहेको यो धेरै अभूतपूर्व परिस्थितिलाई सम्हाल्नको लागि हामीलाई तपाईंको शुभकामना र प्रार्थना पठाउनुहोस् । यो सजिलो छैन, तर जीवन यस्तै छ र जीवनमा हामीले कृतज्ञता र धैर्यताका साथ यो उतारचढाव ब्योहर्छौं’ समृद्धिले लेखेकी छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ