आइतबार, जेठ ६ गते २०८१

फागुन १ गते सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

फागुन १ गते सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

अखबार दैनिक
सोमबार, माघ २९ २०८०
  • फागुन १ गते सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

    २९ माघ, काठमाडौं । सरकारले फागुन १ गते सार्वजनिक बिदा नरहेको बताएको छ । सोमबार एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले यसअघि सरकारले यसअघि सार्वजनिक बिदा घोषणा गरे पनि हाल बिदा कायम नरहेको उल्लेख गरेको हो ।

    images

    ‘… २०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरो छ’, गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको सूचनामा उल्लेख छ ।

    यसअघि सरकारी क्यालेन्डरमा फागुन १ गते जनयुद्ध दिवसको बिदा उल्लेख थियो । तर सर्वोच्च अदालतले जनयुद्ध दिवस भनेर बिदा नदिन सरकारको नाममा अन्तरिम आदेश दिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार