आइतबार, जेठ ६ गते २०८१

एक करोड ८२ लाख बराबरको नक्कली नोट बरामद

एक करोड ८२ लाख बराबरको नक्कली नोट बरामद

अखबार दैनिक
सोमबार, माघ २९ २०८०
  • एक करोड ८२ लाख बराबरको नक्कली नोट बरामद

    विराटनगर । सुनसरी प्रहरीले एक करोड ८२ लाख ५१ हजार नक्कली नोट फेला परेको छ । एक हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली नोट आइतबार बरामद गरेको हो ।

    images

    भारतीय नम्बर प्लेटको स्करपियो गाडीबाट नक्कली नोट बरामद गरेको सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले जानकारी दिए । भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद भएको हो । बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको प्रहरीले बताएको छ ।

    नक्कली नोटसँगै एक जना भारतीय नागरिक पनि पक्राउ परेको एसपी रेग्मीले बताए । प्रहरीले नक्कली नोट ल्याउने गाडी चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयद पनि पक्राउ परेका छन् । गाडीमा सवार अर्का व्यक्ति भने फरार छन् । गाडी भारतबाटै आएको देखिएको प्रहरीले बताएको छ ।

    सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्करपियो गाडी रोकेको थियो । शङ्कास्पद अवस्थाको स्करपियो गाडीमा खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाइ ल्याइएको नक्कली नोटहरू बरामद भएको हो ।

    एसपी रेग्मीले रकम बरामद भएपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए । आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरी विस्तृतमा जानकारी दिने सुनसरी प्रहरीले तयारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार