बुधबार, वैशाख २६ गते २०८१

‘रामायण’ मा शूर्पणखाको भूमिकामा रकुल

‘रामायण’ मा शूर्पणखाको भूमिकामा रकुल

अखबार दैनिक
आइतबार, माघ २८ २०८०
  • ‘रामायण’ मा शूर्पणखाको भूमिकामा रकुल

    एजेन्सी \ मुम्बई । नितेश तिवारीको फिल्म ‘रामायण’ यतिबेला चर्चामा छ । भारतीय सञ्चारमाध्यमको रिपोर्टअनुसार रकुल प्रीत अब यो फिल्ममा प्रवेश गर्न सक्नेछिन् । 

    images

    रकुल ‘रामायण’ मा शूर्पणखाको भूमिकामा देखिनेछिन् । अभिनेत्रीले हालै रावणकी बहिनीको भूमिकाका लागि लुक टेस्ट पनि दिएकी छिन् ।

    तर, निर्माता वा रकुल प्रीतले यसबारेमा अहिलेसम्म कुनै आधिकारिक घोषणा गरेका छैनन् । फिल्ममा रणवीर कपूर भगवान रामको भूमिकामा देखिनेछन् । रकुलले आफ्नो लामो समयदेखिका प्रेमी र निर्माता ज्याकी भगनानीसँग २१ फेब्रुअरीमा विवाह गर्दैछिन् ।

    सुरुमा सीताको कास्टिङमा धेरै अभिनेत्रीको नाम सार्वजनिक भएको थियो । यसअघि फिल्ममा सीताको भूमिका साउथ अभिनेत्री साई पल्लवीले गर्ने खबर आएको थियो । यसपछि हालै मेकरहरू सीताको भूमिकाका लागि जान्हवी कपूरलाई अप्रोच गरिरहेको खबर आएको थियो । जाह्नवी कपूरको सम्पर्कमा आएको यो खबरलाई निर्माताले अस्वीकार गरेका छन् । उनले यो अफवाह भएको बताए ।

    टोलीले सीताको भूमिकाका लागि साई पल्लवी र आलिया भट्टबाट एकजना अभिनेत्री छनोट गर्नुपर्ने थियो । तर, निर्माताले साई पल्लवीलाई यो भूमिकाका लागि फाइनल गरेका छन् । हनुमानको भूमिकाका लागि सनी देओललाई साइन गरिएको छ । साउथ अभिनेता यश रावणको भूमिकामा देखिनेछन् । चलचित्रको छायांकन यसै वर्षको अप्रिलबाट सुरु हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार