बुधबार, वैशाख १९ गते २०८१

अस्पताल भर्ना भएका मिथुनलाई इस्केमिक सेरेब्रोभास्कुलर पुष्टि

अस्पताल भर्ना भएका मिथुनलाई इस्केमिक सेरेब्रोभास्कुलर पुष्टि

अखबार दैनिक
आइतबार, माघ २८ २०८०
  • अस्पताल भर्ना भएका मिथुनलाई इस्केमिक सेरेब्रोभास्कुलर पुष्टि

    काठमाडौं । बलिउड अभिनेता तथा राजनीतिज्ञ मिथुन चक्रवर्तीलाई दाहिने हात र खुट्टामा कमजोरी देखिएपछि शनिबार बिहान कोलकाताको एक अस्पतालमा भर्ना गरिएको थियो ।

    images

    उनलाई इस्केमिक सेरेब्रोभास्कुलर दुर्घटना (स्ट्रोक) भएको पहिचान गरिएको अस्पतालले जारी गरेको आधिकारिक विज्ञप्तिमा उल्लेख छ ।

    ७३ वर्षीय अभिनेता अहिले उपचार गराइरहेका छन् र चिकित्सक टोलीको निगरानीमा छन् । अस्पतालको विज्ञप्तिले स्ट्रोकको गम्भीरता खुलासा गरेको छैन र उनको पूर्वानुमानको बारेमा थप विवरण प्रदान गरेको छैन ।

    विज्ञप्तिमा थप भनिएको छ, ‘चक्रवर्तीलाई न्युरो-फिजिसियन, कार्डियोलोजिस्ट र ग्यास्ट्रोएन्टेरोलजिस्टसहित डाक्टरको टोलीले थप स्वास्थ्य मूल्यांकन गरिरहेको छ ।’

    छातीमा गहिरो दुखाइ भएपछि शनिबार बिहान साढे ९ बजेतिर कोलकाताको एपोलो मल्टिस्पेसलिटी अस्पतालमा उनलाई इमर्जेन्सी विभागमा भर्ना गरिएको थियो ।

    ‘डिस्को डान्सर’ र ‘अग्निपथ’जस्ता फिल्ममा आफ्नो भूमिकाका लागि परिचित चक्रवर्ती हाल सिनेमा र राजनीति दुवैमा सक्रिय छन् । उनी भारतीय संसदको माथिल्लो सदन राज्यसभाका वर्तमान सदस्य समेत हुन् ।

    उनलाई अस्पतालमा गरिएको खबरले भारतीय फिल्म उद्योगमा स्तब्धतता छाएको छ । प्रशंसक र कलाकारहरुले उनको स्वास्थ्य अवस्थालाई लिएर चिन्ता व्यक्त गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ