बुधबार, वैशाख २६ गते २०८१

रजनीकान्तको पारिश्रमिक : ४० मिनेटको दृश्यमा प्रति मिनेट १ करोड रुपैयाँ

रजनीकान्तको पारिश्रमिक : ४० मिनेटको दृश्यमा प्रति मिनेट १ करोड रुपैयाँ

अखबार दैनिक
शुक्रबार, माघ २६ २०८०
  • रजनीकान्तको पारिश्रमिक : ४० मिनेटको दृश्यमा प्रति मिनेट १ करोड रुपैयाँ

    एजेन्सी \ मुम्बई । फिल्म ‘जेलर’को बम्पर सफलतापछि कलिउड सुपरस्टार रजनीकान्त पुनः एकपटक फ्यानलाई मनोरन्जन गर्न थिएटरमा पुगेका छन् । ७३ वर्षको उमेरमा पनि ‘थलाइवा’को जादु दर्शकका लागि प्रतिक्षा बनिरहन्छ । उनी नयाँ फिल्म ‘लाल सलाम’का साथ शुक्रबारबाट थिएटरमा पुगेका छन् ।

    images

    यो फिल्म हेर्न दर्शकको उपस्थिति उल्लेख्य छ । दर्शकले फिल्मलाई पूर्ण नम्बर लिएर तारिफ गरिरहेका छन् । यतिबेला फिल्म वृत्तमा फिल्मको चर्चा सँगै रजनीकान्तको पारिश्रमिकको चर्चा पनि व्यापक छ । समाचार अनुसार रजनीकान्तले यो फिल्मका लागि प्रति मिनेट १ करोड रुपैयाँ पारिश्रमिक लिएका छन् । फिल्ममा उनको ‘एक्सटेन्डेड केमियो’ छ । रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्तको निर्देशनमा बनेको यो फिल्ममा रजनीकान्तको ४० मिनेट ‘एक्सटेन्डेड केमियो’ छ । 

    यो हिसाबले उनले फिल्ममा केमियो भूमिकाकै लागि ४० करोड रुपैंयाँ पारिश्रमिक लिएका छन् । रजनीकान्त कलिउडका टप पेड एक्टर हुन् । उनी एक फिल्मका लागि १ सय करोड देखि १ सय ५० करोड रुपैंयाँसम्म पारिश्रमिक बुझ्छन् । 

    उनले लोकेश कनगराजको नयाँ फिल्मका लागि २ सय ५० करोड पारिश्रमिक लिने तयारी गरिरहेका छन् । रजनीकान्तले फिल्म ‘जेलर’को सफलतापछि पारिश्रमिक बढाएको कलिउड वृत्तमा चर्चा छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार