बुधबार, वैशाख २६ गते २०८१

एक महिनापछि हलमा नयाँ फिल्म : ‘दयारानी’सँग भिड्दै ‘हात्तीछाप’

एक महिनापछि हलमा नयाँ फिल्म : ‘दयारानी’सँग भिड्दै ‘हात्तीछाप’

अखबार दैनिक
शुक्रबार, माघ २६ २०८०
  • एक महिनापछि हलमा नयाँ फिल्म : ‘दयारानी’सँग भिड्दै ‘हात्तीछाप’

    काठमाडौँ । आज शुक्रबारबाट फिल्म ‘दयारानी’ र ‘हात्तीछाप’ प्रदर्शनमा आएको छ । फ्राईडे रिलिजको परम्परा धान्दै यी दुवै फिल्म देशभर एक अर्काेसँग व्यावसायिक प्रतिस्पर्धामा उत्रिएको हो । करिब एक महिनापछि हलमा नयाँ नेपाली फिल्म आएको हो । यसअघि गत पुस २७ गते दुई फिल्म ‘पर्खी बसेँ तिमिलाई’ र ‘चित्रा’ रिलिज भएको थियो । दुवै फिल्ममा अहिलेका व्यस्त अभिनेता दयाहाङ राईको अभिनय रहेको छ ।

    images

    ‘हात्तीछाप’ :
    किरण नेपालीको प्रस्तुति रहेको फिल्म ‘हात्तीछाप’ प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, राजन खतिवडा, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विल्सन विक्रम राई, विनोद न्यौपाने, कविता आले, रवीन्द्र झा, रियर राई, सुष्मा निरौला, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, विन भुजेल लगायतका कलाकारको अभिनय छ ।

    सामाजिक कथालाई कमेडी शैलीमा प्रस्तुत गरिएको फिल्म केही अगाडि प्रिमिएर भएको थियो । जसमा सहभागीले फिल्म राम्रो रहेको प्रतिक्रिया दिएका थिए । सुशन प्रजापतिको छायाङ्कन रहेको फिल्म काठमाडौँ र पोखरामा खिचिएको छ । फिल्ममा आर्टमान्डुको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन, आरआर फिल्मस्को वितरण गरेको हो ।

    ‘दयारानी’ :
    अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन अभिनीत ‘दयारानी’ माओत्से गुरुङले निर्देशन गरेका हुन् । गुरुङको यो निर्देशनमा डेब्यु फिल्म हो । बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् ।

    फिल्ममा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुष्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सूर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकारको अभिनय छ । फिल्मको बिहीबार साँझ कमलपोखरी स्थित बिग मुभिजमा प्रिमिएर भएको थियो । थुप्रै कलाकर्मीको सहभागिता रहेको प्रिमिएरमा फिल्म राम्रो लागेको धेरैको प्रतिक्रिया थियो । 

    मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । फिल्म नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनी टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार