बुधबार, वैशाख २६ गते २०८१

‘हात्तीछाप’लाई मल्टिप्लेक्समा उल्लेख्य शो

‘हात्तीछाप’लाई मल्टिप्लेक्समा उल्लेख्य शो

अखबार दैनिक
बिहीबार , माघ २५ २०८०
  • ‘हात्तीछाप’लाई मल्टिप्लेक्समा उल्लेख्य शो

    काठमाडौं । शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म ‘हात्तीछाप’ले हलमा उल्लेख्य शो पाएको छ । फिल्मले देशभरका मल्टिप्लेक्स हलमा १६४ शो पाएको छ । सिंगल हलहरुको समेत आँकडा गर्दा २०० निकटको शो पुग्छ ।

    images

    क्यूएफएक्सले काठमाडौं उपत्यकास्थित आफ्ना चेनमा १५ शो उपलब्ध गराएको छ । आईएनआईले देशभरका फ्रेन्चाइजीमा १५ शो दिएको छ भने वान सिनेमाजले १० शो दिएको छ ।

    बिहानदेखि बेलुकासम्मै फिल्मलाई अधिकांश हलले उच्च शो दिएका छन् । चाबहिलको एफक्युब हलले पनि यो फिल्मलाई ६ शो उपलब्ध गराएको छ । देशभरका हलमा उच्च शो पाएको यो फिल्मले पहिलो सप्ताहन्त राम्रो ओपनिङ गर्न सकेमा त्यसले निकै राहत दिनेछ ।

    सिमोस सुनुवार निर्देशित यो फिल्मलाई किरण नेपालीले निर्माण गरेका हुन् । दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, कमलमणि नेपाल, विजय बराल, पुष्कर गुरुङ, वुद्धि तामाङ, सुष्मा  निरौला र विल्सनविक्रम राईको अभिनय छ ।

    यसैसाता प्रिमियर गर्दै फिल्मले सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । यो फिल्मको पोस्ट-क्रेडिट दृश्यमा दीपकराज गिरी पनि देखिएका छन् । निर्माताले दोस्रो श्रृंखलाको रुपमा ‘बोतल राजा’ बनाउने घोषणा गरिसकेका छन् ।

    यो फिल्मको पहिलो सप्ताहन्तको ओपनिङ यसको लाइफटाइम कलेक्सनमा धेरै हदसम्म निर्भर हुनेछ । जसले गर्दा पनि फिल्मले ‘वर्ड अफ माउथ’ बटुल्नु जरुरी छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार