मंगलबार, मंसिर ४ गते २०८१

बालुवाटारमा सत्ता साझेदार दलको बैठक जारी

बालुवाटारमा सत्ता साझेदार दलको बैठक जारी

अखबार दैनिक
बिहीबार , माघ २५ २०८०
  • बालुवाटारमा सत्ता साझेदार दलको बैठक जारी

    २५ माघ, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलका नेताहरुको बैठक बसिरहेको छ । बैठकमा नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, नाउपा लगायत दलका नेताहरु सहभागी छन् ।

    images

    बैठकमा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार चयन, संघीयता कार्यानवयन लगायतका विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले बतायो ।

    राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल २२ फागुनमा सकिन लागेकाले नयाँ अध्यक्ष चयन गर्न लागिएको हो । नयाँ अध्यक्षका लागि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पनि सम्भावित उम्मेदवारको रुपमा हेरिएको छ । यद्यपि राष्ट्रिय सभामा अहिले सबैभन्दा ठूलो दल बनेको नेकपा माओवादी केन्द्रले अध्यक्षमा दाबी गरेको छ ।

    शीर्ष नेताहरुको बैठकपछि मुख्यमन्त्रीहरुसँग छलफलको कार्यक्रम तय भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार