बुधबार, वैशाख २६ गते २०८१

‘ईश्वर’मा अनुको इन्ट्री

‘ईश्वर’मा अनुको इन्ट्री

अखबार दैनिक
बुधबार, माघ २४ २०८०
  • ‘ईश्वर’मा अनुको इन्ट्री

    काठमाडौँ । राजु गिरीको निर्देशन रहने फिल्म ‘ईश्वर’मा अभिनेत्री अनु शाहको पनि अभिनय रहने भएको छ । निर्देशक राजु गिरीले फिल्मको छायाङ्कन सुरु भएको दोस्रो दिन बुधवार मुख्य अभिनेत्रीको रूपमा शाह अनुबन्धित गरेका हुन् । शाह केही दिनमै फिल्म सेटमा ज्वाइन गर्ने निर्देशक गिरीले बताए ।

    images

    फिल्मको छायाङ्कन मंगलबारदेखि कास्कीको हेम्जाकोटमा सुरु भएको हो । ३५ दिनको छायाङ्कन सेड्युलसहित छायाङ्कन सुरु भएको फिल्म कास्कीको विभिन्न क्षेत्रमा खिचिने छ । 

    लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा रहेको फिल्ममा अनुको अलवा पृथ्वीराज प्रसाईं, सुनिल थापा, शिशिर वाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झा, सविन बास्तोला, गीता अधिकारी, माओत्से गुरुङ लगायतको अभिनय रहने छ ।

    दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार गरेका हुन् । हरिबहादुर थापा र शंकर गिरी निर्माता रहने फिल्ममा राजेन्द्र बजगाईं, अर्जुन पोखरेल र बिपी वाग्लेको सङ्गीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुमागाईँको छायाङ्कन र देव महर्जनको द्वन्द्व रहनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार