शनिबार, असोज ५ गते २०८१

निर्देशक तथा कलाकार  निश्चल बस्नेतद्वारा इलाममा रहेको जग्गा स्वास्थ्य संस्थालाई दान

निर्देशक तथा कलाकार  निश्चल बस्नेतद्वारा इलाममा रहेको जग्गा स्वास्थ्य संस्थालाई दान

अखबार दैनिक
बुधबार, माघ २४ २०८०
  • निर्देशक तथा कलाकार  निश्चल बस्नेतद्वारा इलाममा रहेको जग्गा स्वास्थ्य संस्थालाई दान

    इलाम । चलचित्र निर्देशक तथा कलाकार  निश्चल बस्नेतले इलाम नगरपालिका वडा नं. १ साखेजुङ्गमा आफ्नो नाममा पुर्ख्यौली जग्गा दिनु भएको छ । 

    images

    मङ्गलवार मालपोत कार्यालय इलाम आउनु भएका बस्नेतले आफ्नो नामको कित्ता नम्बर २ख ५३ रहेको तीन रोपनी दुई दाम दुई पैसा जग्गा आधारभुत स्वास्थ्य सेवा उपकेन्द्र साखेजुङ्गका नाममा दान दिनुभएको इलाम नगरपालिका वडा नम्बर १ का वडा सचिव लोचन भट्टराईले बताउनु भयो । उपकेन्द्र जनता आधारभूत विद्यालयको एउटा कोठाबाट सञ्चालन भइरहेकोले  भट्टराईले बताउनुभयो । 

    बस्नेतले आफ्नो नामको कित्ता नम्बर २ख ५३ रहेको जग्गा उपकेन्द्रको नाममा पास गरिदिएको जनाएको छ । इलाम नगरपालिका  वडा नम्बर १ का अध्यक्ष गायत्रीराम बस्नेतले  बाटोसँगै जोडिएको जग्गा भएकोले  स्वास्थ्य संस्था निर्माण सहज हुने बताउनु भयो । जग्गा प्राप्तिको लागि दाता खोजी गरिरहेको अध्यक्ष बस्नेतले बताउनु भयो । निकट भविष्यमा सुविधाजनक स्वास्थ्य संस्था निर्माण गरिने बताउनु भयो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार