शनिबार, जेठ ५ गते २०८१

नेपाल टेलिकमको सेवा गुणस्तरीय

नेपाल टेलिकमको सेवा गुणस्तरीय

अखबार दैनिक
मंगलबार, माघ २३ २०८०
  • नेपाल टेलिकमको सेवा गुणस्तरीय

    २३ माघ २०८०, काठमाडौँ । नेपाल टेलिकमको प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले कम्पनीका सेवाहरूलाई अविछिन्न रूपमा गुणस्तर कायम राख्दै आएको बताएकी छिन्।

    images

    नेपाल टेलिकमको २० औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले विभिन्न समयमा आइपरेका बाधा, अड्चन र कठिन परिस्थितिको समयमा पनि कम्पनीले गुणस्तर कायम गरेको बताएकी हुन्।

    हाल टेलिकमले ७७ वटै जिल्लामा ताररहित फोरजी एलटिई प्रविधिमा आधारित मोबाइल र डेटा सर्भिस तथा ७४ जिल्लामा अप्टिकल फाइबरमा आधारित एफटिटिएच सेवा सञ्चालनमा ल्याएको छ।

    हाल कम्पनीमा दुई करोड १८ लाखभन्दा बढी ग्राहक र मुलुकको अधिकांश भूभागमा नेपाल टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको जानकारी प्रबन्ध निर्देशक अर्यालले दिइन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार