बिहीबार , वैशाख २७ गते २०८१

फर्स्टलुकमा यस्तो देखियो विपिनको ‘ऊनको स्वीटर’

फर्स्टलुकमा यस्तो देखियो विपिनको ‘ऊनको स्वीटर’

अखबार दैनिक
मंगलबार, माघ २३ २०८०
  • फर्स्टलुकमा यस्तो देखियो विपिनको ‘ऊनको स्वीटर’

    काठमाडौँ । थुप्रै म्युजिकल फिल्म निर्माण गरेर लोकप्रियता हासिल गरेको आर्टमाण्डुले केही अगाडि निर्माण घोषणा गरेको फिल्म हो ‘ऊनको स्वीटर’ । विपिन कार्की र मिरुना लिसरा मगरको मुख्य भुमिका रहने फिल्मको फर्स्टलुक सार्वजनिक भएको छ । निर्माण युनिटले फिल्मको छायाङ्कन अगाडि फर्स्टलुक ल्याएको हो । 

    images

    सार्वजनिक फर्स्टलुकमा ऊनको स्वीटर लगाएर फोटो खिच्नलाई पोज दिइरहेका विपिन र परम्परागत पहिरनमा मिरुना लिसरा मगर देखिएका छन् । फिल्म नवीन चौहानले निर्देशन गर्न लागेका हुन् । आर्टमाण्डुले पहिलो पटक फिचर फिल्म निर्माण गर्न लागेको हो । 

    फिल्ममा विपिन र मिरुना लिसराको अलवा एलेक्स विश्वकर्मा, मिलन खत्री र माओत्से गुरुङको मुख्य भूमिका रहनेछ । आगामी दसैँमा रिलिज हुने बताइएको फिल्म इलाम र पाँचथरमा छायाङ्कन हुनेछ । निर्माण युनिट फिल्मको छायाङ्कनमा छिट्टै निस्कने तयारी गर्दैछ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार