बिहीबार , वैशाख २७ गते २०८१

कास्कीको हेम्जाकोटबाट ‘ईश्वर’ को छायाङ्कन सुरु

कास्कीको हेम्जाकोटबाट ‘ईश्वर’ को छायाङ्कन सुरु

अखबार दैनिक
मंगलबार, माघ २३ २०८०
  • कास्कीको हेम्जाकोटबाट ‘ईश्वर’ को छायाङ्कन सुरु

    काठमाडौंँ । राजु गिरीको निर्देशन रहने फिल्म ‘ईश्वर’को छायाङ्कन सुरु भएको छ । फिल्मको मंगलबारदेखि कास्कीको हेम्जाकोट छायाङ्कन सुरु गरिएको हो । ३५ दिनको छायाङ्कन सेड्युलसहित फिल्म सुरु भएको निर्देशक गिरीले बताए । फिल्मको छायाङ्कन  कास्कीको विभिन्न क्षेत्रमा हुनेछ । 

    images

    केही अगाडि पोखरास्थित बिन्दाबासिनी मन्दिरमा शुभ मुहूर्त भएको फिल्म लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण हुने लागेको हो । फिल्ममा पृथ्वीराज प्रसाईं, सुनिल थापा, शिशिर वाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झा, सविन बास्तोला, गीता अधिकारी, माओत्से गुरुङ लगायतको अभिनय रहने छ ।

    दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार गरेका हुन् । हरिबहादुर थापा र शंकर गिरी निर्माता रहने फिल्ममा राजेन्द्र बजगाईं र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुमागाईको छायाङ्कन र देव महर्जनको द्वन्द्व रहनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ