बिहीबार , वैशाख २७ गते २०८१

‘मेरो एउटा साथी छः रिलोडेड’ ल्याउँदै नरेश

‘मेरो एउटा साथी छः रिलोडेड’ ल्याउँदै नरेश

अखबार दैनिक
आइतबार, माघ २१ २०८०
  • ‘मेरो एउटा साथी छः रिलोडेड’ ल्याउँदै नरेश

    काठमाडौं। नरेश भट्टराई परिचितसँगै स्थापित नाम बनिसकेका छन् । सञ्चारकर्ममा साँढे दुई दशकको लामो यात्रा तय गरेका भट्टराई फरक \ फरक परिचतमार्फत स्थापित छन् ।

    images

    उनलाई गीतकार, अभिनेता, फिल्म लेखक, मोडल लगायतका विविध परिचयले आम मानिसले चिन्ने गरेका छन् । आफूलाई ‘माईक जीवि’ भन्न रुचाउने भट्टराई सबै भन्दा बढी स्टेज कार्यक्रम संचालन गर्ने प्रस्तोता हुन् ।

    नीजि क्षेत्रको रेडियो ईमेज एफएम ९७.९ मेगाहर्जसँग जोडिएका भट्टराईले संचालन गरिरहेका कार्यक्रम ‘शुभ दिन’ सबै भन्दा बढी संचालन भएको रेडियो रेडियो कार्यक्रममा पर्छ । उनको सक्रियता टेलिभिजनमा पनि उत्तिकै सक्रिय छन् । विक्रम संवत २०५७ सालमा प्रशारण भएको पहिलो डान्स रियालिटी शो ‘आँगन’ मा प्रस्तोतो बनेका भट्टराईले त्यसपछि चलचित्र, लभ एण्ड लाईफ, लोकस्टार, मेरो डान्स कप, मेरो एउटा साथी छ (तीन सिजन), मेरो डान्स युनिभर्स लगायतका कार्यक्रम संचालन गरिसकेका छन् ।

    उनै लोकप्रिय सञ्चारकर्मी भट्टराई पुनः ‘मेरो एउटा साथी छ’ को नयाँ सिजन लिएर आउँदै छन् । उनले नयाँ सिजनलाई ‘मेरो एउटा साथी छः रिलोडेड’ नामांकन गरेका छन् । ‘पहिलेको तुलनामा केही फरक गरेका छौँ, त्यसैले यसको नाम पनि फरक गरिएको हो । यसमा नजिकका साथीले कसरी चिनिरहेका छन् भन्ने बारेमा रमाइलो कुराकानी गर्ने गरिन्छ ।

    धेरै अतिथिले सामान्य रुपमा नगरिने कुराहरू कार्यक्रममा गरियो भन्नुहुन्छ, मित्रतालाई अझैँ बढाउने र बुझाउने कार्यक्रम बनेको भन्ने प्रतिक्रिया पाइरहेको छु’, सञ्चारकर्मी भट्टराईले भने । कार्यक्रममा पहिलो अतिथिको रुपमा अभिनेता शिव श्रेष्ठ र अभिनेत्री गौरी मल्ल हुन् । सामान्यतया कार्यक्रम नदेखिने उनी दुईको मित्रतासँगै रमाइला कुराहरु कार्यक्रममा सुन्न पाउने सञ्चारकर्मी भट्टराईले बताए ।

    यो कार्यक्रम देशमा मात्र नभई विदेशमा समेत उत्तिकै लोकप्रिय छ । कार्यक्रम माघ २३ (फेब्रुअरी ६) देखि हरेक मंगलबार राती ९ बजे प्राइम टेलिभिजनमा आउनेछ ।

    उनले देशसँगै विदेशको स्टेज कार्यक्रममा व्यस्त हुँदा पनि टेलिभिजन र रेडियो छाडेको छैनन् । हाल उनी युरोपमा ‘म्युजिकल टूर २०२४’ अन्तर्गत भ्रमणमा छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ