बिहीबार , वैशाख २७ गते २०८१

नेटफिल्क्सले ल्यायो ‘स्क्विड गेम सिजन २’को फस्टलुक, सन् २०२४ भित्रै रिलिज हुने

नेटफिल्क्सले ल्यायो ‘स्क्विड गेम सिजन २’को फस्टलुक, सन् २०२४ भित्रै रिलिज हुने

अखबार दैनिक
शुक्रबार, माघ १९ २०८०
  • नेटफिल्क्सले ल्यायो ‘स्क्विड गेम सिजन २’को फस्टलुक, सन् २०२४ भित्रै रिलिज हुने

    काठमाडौं । नेटफ्ल्क्सिको बहुचर्चित सिरिज ‘स्क्विड गेम’ सिजन २ को फस्टलुक सार्वजनिक भएको छ । बिहीवार नेटफिल्क्सले आफ्नो प्लाटफर्मममा सन् २०२४ मा स्ट्रिमिङ हुने प्रतीक्षित सिरिज, तिनको रिलिज मिति र फस्टलुक बाहिर ल्याएको छ ।

    images

    यो सूचीमा चर्चित कोरियाली सिरिज ‘सिक्वड गेम’को दोस्रो सिजन पनि छ । धेरैका लागि यो अप्रत्याशित घोषणा हो किनभने वर्षको अन्त्यमा मात्र स्ट्रिमिङ हुने चर्चा यसअघि थियो ।

    तीनवर्षअघि रिलिज ह्वाङ डोङ-ह्युक निर्देशित यो दक्षिण कोरियाली ‘सर्भाइभल ड्रामा’ले विश्वभरका लाखौं दर्शकलाई मोहित बनाएको थियो । लामो पर्खाइपछि निर्माताले टिजर सार्वजनिक गरेका हुन् । पहिलो सिजन समाप्त भएकै ठाउँबाट नयाँसुरु हुने बताइएको छ ।

    १७ सेकेन्डको क्लिपले ली जंग-जेलाई ‘प्लेयर ४५६’को भूमिकामा देखाउँछ जसले फोनमा कसैलाई धम्की दिएर एयरपोर्ट छोड्छ । ली जंग-जे क्लिपमा भन्छन्, ‘म तिमीलाई फेला पार्नेछु । जे सुकै किन नहोस् ।’

    सिजन १ को अन्त्यमा हामीले रातो कपाल भएको सियोङ जीलाई खेलमा भाग लिनको लागि जहाजमा चढेको देख्छौं । टिजरसँगै निर्माताले फस्टलुक पोस्टर पनि सार्वजनिक गरेका छन् ।

    पोस्टर सेयर गर्दै नेटफ्ल्क्सिले लेखेको छ, ‘प्लेयर ४५६ यसवर्ष आउँदै गरेको स्क्विड गेम सिजन २ मा जे गर्न पनि तयार छ ।’ कुनै रिलिज मिति पुष्टि छैन यद्यपि, सिजन २ यसवर्षको अन्त्यमा सुरु हुने भनिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार