आइतबार, जेठ ६ गते २०८१

७१ प्रतिशत संगीतकार एआईसँग डराइरहेका छन् : अध्ययन

७१ प्रतिशत संगीतकार एआईसँग डराइरहेका छन् : अध्ययन

अखबार दैनिक
बिहीबार , माघ १८ २०८०
  • ७१ प्रतिशत संगीतकार एआईसँग डराइरहेका छन् : अध्ययन

    काठमाडौं । दुई तिहाइभन्दा धेरै संगीतकारलाई कृत्रिम बौद्धिकता (एआई)का कारण जीवनयापन गर्न असम्भव हुने डर रहेको फ्रान्सेली र जर्मन संगीत समाजको अध्ययनले देखाएको छ ।

    images

    संगीत उद्योगमा क्रियाशील १५ हजारभन्दा बढी व्यक्तिको सर्वेक्षणमा ७१ प्रतिशत उत्तरदाताले एआईका कारण भविष्यमा गुजारा गर्न गाह्रो हुने जवाफ दिएको अध्ययनमा उल्लेख छ ।

    सर्वेक्षणमा ३५ प्रतिशतले पहिलादेखि नै ‘संगीत निर्माणसँग सम्बन्धित क्षेको ठूलो संख्या’मा एआई प्रयोग गरिरहेको पाइएको छ । यद्यपि प्रतिवेदनले बजार विश्लेषण र विशेषज्ञसँग पनि गरेको अन्तर्वार्तामा सन् २०२८ सम्ममा आम्दानीमा २७ प्रतिशतले कमी आउने अनुमान गरेको छ । यो करिब दुई अर्ब ७० करोड युरो (दुई अर्ब ९० करोड अमेरिकी डलर) बराबर हो ।

    करिब ९५ प्रतिशतले एआई उपकरण विकास गर्ने कम्पनीसँग थप पारदर्शिताको माग गरेका छन् । त्यति नै संख्यामा उनीहरूले राजनीतिज्ञले एआई र प्रतिलिपि अधिकारसँग सम्बन्धित चुनौतीहरूमा धेरै ध्यान दिउन् भन्ने चाहेका छन् ।


    सेसेमका प्रबन्ध निर्देशक सेसिल राप–भेबरले यो एआई गतिविधिलाई ‘सुस्त’ बनाउने नभई यसलाई सद्गुणी बनाउने प्रश्न भएको बताए । प्रतिवेदनमा उनले भने, ‘हामी एआईद्वारा उत्पन्न सामग्री पहिचान गर्ने उद्देश्यले प्राविधिक समाधान लागू गर्न यस क्षेत्रमा खेलाडीहरूसँग सक्रियरूपमा काम गरिरहेका छौं ।’

    रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार