आइतबार, जेठ ६ गते २०८१

सुन र नगद चोरीमा संलग्न रहेको अभियोगमा युवक पक्राउ

सुन र नगद चोरीमा संलग्न रहेको अभियोगमा युवक पक्राउ

अखबार दैनिक
बिहीबार , माघ १८ २०८०
  • सुन र नगद चोरीमा संलग्न रहेको अभियोगमा युवक पक्राउ

    ईलाम । ईलाममा सुनको गहना र नगद चोरी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीय प्रकाश साँवा (लिम्बु) रहेका छन् ।

    images

    साँवाले फाकफोकथुम गाउँपालिका-१ याक्साघरे बस्ने ७८ वर्षीय बुद्धिमान लिम्बुको घरबाट साढे ३ तोला बराबरको सुनको गहना र नगद १ लाख रुपैयाँ चोरी गरेको आरोप छ । उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

    बुद्धिमानको घरमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी आमचोकबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा प्रकाशलाई चोरी भएको सुनसहित फेला पारी पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार