बिहीबार , वैशाख २७ गते २०८१

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौँ संस्करण घोषणा

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौँ संस्करण घोषणा

अखबार दैनिक
बिहीबार , माघ १८ २०८०
  • नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौँ संस्करण घोषणा

    काठमाडौँ । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौँ संस्करण आयोजना हुने भएको छ । मेरिल्यान्ड राज्य तथा वासिङ्टन डिसी महानगर क्षेत्रमा आगामी २० देखि २३ जुनसम्म आयोजना हुने महोत्सवको आवेदन समेत खुल्ला गरिएको छ ।

    images

    नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष आयोजना गर्दै आएको महोत्सवमा फिचर फिल्म, वृत्तचित्र, छोटा फिल्म, एनिमेसनका साथै सबै विधाका फिल्महरू प्रदर्शन हुनेछ । नेपाल, अमेरिका र दक्षिण एसिया सहित विभिन्न देशका स्वतन्त्र फिल्महरू महोत्सवमा प्राथमिकतामा पर्नेछन् । 

    अमेरिका वासिङ्टन डिसी, मेरिल्यान्ड र भर्जिनियाका स्थानीय चलचित्रकर्मीलाई प्रोत्साहन गर्न ‘डीएमभी क्लोजअप’ अन्तर्गत चलचित्रहरू प्रदर्शन हुनेछन् । स्थापना कालदेखि ‘ग्लोबल पिस फिल्म फेस्टिभल’ फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हुँदै आएका चलचित्रहरू यो वर्ष पनि समावेश हुनेछ ।

    महोत्सवले दर्शक तथा सहभागीमा मनोरञ्जन र ज्ञान आदानप्रदानको फरक अनुभूति गराउने विश्वास लिएको महोत्सवका निर्देशक युवाकर राजकर्णिकारले बताए । कोभिड महामारीका कारण अघिल्ला दुई महोत्सव अनलाइनमार्फत भएको थियो । अहिले भने भौतिक रूपमै हुन लागेको हो । महोत्सवमा सहभागी चलचित्र मध्य उत्कृष्टलाई विभिन्न अवार्ड र पुरस्कार समेत प्रदान गरिनेछ । 

    महोत्सवमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे ‘प्यानल’ छलफल तथा कार्यशाला समेत हुने आयोजकले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार