आइतबार, जेठ ६ गते २०८१

सामाजिक सञ्जालले बालबालिकामा परेको असरप्रति जुकरबर्गले मागे माफी

सामाजिक सञ्जालले बालबालिकामा परेको असरप्रति जुकरबर्गले मागे माफी

अखबार दैनिक
बिहीबार , माघ १८ २०८०
  • सामाजिक सञ्जालले बालबालिकामा परेको असरप्रति जुकरबर्गले मागे माफी

    १८ माघ, काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गले सामाजिक सञ्जालबाट बालबालिकामा परेको नकरात्मक असरप्रति उनीहरुका परिवारसँग माफी मागेका छन् ।

    images

    जुकरबर्गले सामाजिक सञ्जालको प्रयोगले आफ्ना बालबालिकालाई असर गरेको भन्दै आफ्ना बच्चाहरूको तस्वीर राख्ने अभिभावकसँग अमेरिकी सिनेटमा भएको सुनुवाइका क्रममा माफी मागेका हुन् ।

    सिनेट सदस्यहरुले जुकरबर्गसहित अन्य सामाजिक सञ्जालहरु टिकटक, स्न्याप, एक्स र डिस्कर्डका मालिकहरूसँग बालबालिकामा हुने हानी रोक्न उनीहरू के गर्दैछन् भनेर प्रश्न गरेका थिए ।

    त्यस क्रममा रिपब्लिकन सिनेटर जोश हलेले पीडित परिवारसँग माफी माग्नका लागि जुकरबर्गलाई बोलाइएको बताए । त्यसपछि जुकरबर्गले उठेर त्यस्ता परिवारसँग माफी मागेका हुन् । यो सुनुवाइको अवलोकनका लागि पीडित बालबालिकाका अभिभावक पनि उपस्थित थिए ।
    विभिन्न प्रलोभनमा पारेर सामाजिक सञ्जालमार्फत बालबालिकाका यौन शोषणमा पर्ने गरेको, उनीहरुलाई नग्न तस्वीर शेयर गर्न लगाउने र पछि ब्ल्याकमेल गरी पैसा माग्ने र बालबालिकाहरू आत्महत्या गर्न बाध्य हुनेसम्मका घटना हुने गरेको सिनेटरहरले बताएका थिए ।

    टिकटकका सीईओ सोउ जी चिउलाई सिनेटरहरुले उनको कम्पनीले अमेरिकी प्रयोगकर्ताको डाटा चिनियाँ सरकारसँग साझेदारी गरेको हो कि भनेर सोधिएको थियो । जसलाई उनले अस्वीकार गरे ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार