बिहीबार , वैशाख २७ गते २०८१

रोकियो शाहरुख र सुहानाको फिल्म

रोकियो शाहरुख र सुहानाको फिल्म

अखबार दैनिक
बिहीबार , माघ १८ २०८०
  • रोकियो शाहरुख र सुहानाको फिल्म

    मुम्बई । बलिउड अभिनेता शाहरुख खानले सन् २०२३ को बक्सअफिसमा आफ्नो स्टारडम देखाइसकेका छन् । उनी सन् २०२४ मा उनी कैयौँ फिल्ममा जोडिने चर्चा चले पनि हालसम्म त्यो निश्चित हुन सकेको छैन ।

    images

    यही बीचमा शाहरुख खानले छोरी सुहाना खानसँग अभिनय गरेको एक फिल्मको काम रोकिएको खबर सार्वजनिक भएको छ । 

    बेनामे यो फिल्ममा पहिलोपटक शाहरुखले छोरी सुहानासँग स्क्रिन शेयर गर्दै थिए । सुहानाले सन् २०२३ मा फिल्म ‘द आर्चिज’बाट अभिनयमा डेब्यू गरेकी थिइन् । यो फिल्मपछि शाहरुख र सुहानाले अर्को एक बेनामे फिल्ममा सहकार्य गरेका थिए । तर अब त्यो फिल्मको काम रोकिएको छ ।

    फिल्म निकट स्रोतका अनुसार शाहरुखले छोरी सुहानालाई आफूसँग अनुचित तुलना गरेको मन पराउँदैनन् । त्यहीकारण पनि यो फिल्मको काम रोकिएको स्रोतको दाबी छ ।

    सुहाना र खुसी कपुरको अभिनय रहेको फिल्म ‘द आर्चिज’ दर्शकले खासै मन पराएनन् । यो फिल्म ओटिटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ