शनिबार, जेठ ५ गते २०८१

सुनको मूल्य प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँ पुग्यो

सुनको मूल्य प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँ पुग्यो

अखबार दैनिक
बिहीबार , माघ १८ २०८०
  • सुनको मूल्य प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँ पुग्यो

    काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य पुनः उकालो लागेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार ५ सय रुपैयाँले बढ्दै १ लाख १९ हजार २ सय रुपैयाँ पुगेको हो ।

    images

    यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    तर यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार