बिहीबार , वैशाख २७ गते २०८१

ब्रहमानन्दमको जन्मदिनमा ‘ह्रस्व दीर्घ’को फस्टलुक

ब्रहमानन्दमको जन्मदिनमा ‘ह्रस्व दीर्घ’को फस्टलुक

अखबार दैनिक
बिहीबार , माघ १८ २०८०
  • ब्रहमानन्दमको जन्मदिनमा ‘ह्रस्व दीर्घ’को फस्टलुक

    काठमाडौँ । अभिनेत्री निता ढुङ्गानाले निर्माण गरेको इन्डो–नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को फस्टलुक सार्वजनिक गरिएको छ । दक्षिण भारतीय फिल्मका प्रख्यात कमेडियन ब्रहमानन्दमको जन्मदिनको अवसर पारेर उनको सोलो फस्टलुक सार्वजनिक गरेको हो ।

    images

    फस्टलुकमा सिरमा ढाका टोपी, निधारमा चन्दन लगाएका ब्रहमान्दमलाई अचम्मित र हाँसेको देख्न सकिन्छ । हरिहर अधिकारीको कथा रहेको फिल्ममा चन्द्र पन्तको निर्देशन छ । यो फिल्म आगामी वर्ष २०८१ को असोज ११ गते रिलिज हुँदै छ ।

    यो फिल्ममा बलिउड फिल्म ‘पुष्पा’का ‘सिनुभाई’ अर्थात सुनिल वर्मा, ‘गजिनी’ का भिलेन प्रदीपराज रावत र दक्षिण भारतीय कमेडियन अलीको अभिनय छ । फिल्ममा नेपाली कलाकार सरोज खनाल र सलोन बस्नेतको पनि अभिनय छ । यो फिल्मको छायाङ्कन नेपाल र भारतमा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ