बुधबार, वैशाख १९ गते २०८१

हिमाली जिल्ला मुगुका गाउँमा भाइरल ईन्फ्लुएन्जा भएको पुष्टि

हिमाली जिल्ला मुगुका गाउँमा भाइरल ईन्फ्लुएन्जा भएको पुष्टि

अखबार दैनिक
बुधबार, माघ १७ २०८०
  • हिमाली जिल्ला मुगुका गाउँमा भाइरल ईन्फ्लुएन्जा भएको पुष्टि

    काठमाडौं ।  हिमाल जिल्ला मुगुका गाउँमा भाइरल ईन्फ्लुएन्जा भएको पुष्टि भएको छ । सोरु गाउँपालिका–६ पुरुमुरु गाउँमा तीनजनाको ज्यान जानेगरी फैलिएको खोकी भाईरल ईन्फ्लुएन्जा पुष्टि भएको हो ।सोरु गाउँपालिका–६ का पुरुमुरु र जिमागाउँमा भन्टै तीन साता अघिबाट फैलिएको मौसमी रुघाखोकीबाट तीन जनाको मृत्यु भएको थियो । १ सय ५० जना थला परेका थिए ।

    images

    थला परेकामध्ये १ सय ३५ जनामा भाईरल इन्फ्लुएन्जा पाइएको हो । उक्त स्थानमा पुगेको चिकित्सक सहितको टोलीले जाँच गर्दा भाईरल ईन्फ्लुएन्जाको लक्षण पाइएको हो ।बिरामीमध्ये ११  जनाको  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा भाईरल ईन्फ्लुएनजा पुष्टि भएको छ ।जिल्ला अस्पात मुगुका डाक्टर कमल ढुङ्गानाका अनुसार उक्त क्षेत्रबाट १ सय ५० जनामध्ये १ सय ३५ जनामा भाईरल ईन्फ्लुएन्जाको लक्षण देखिएको थियो । 

    संक्रमण फैलिएको क्षेत्रबाट ११ जनाको स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । तीमध्ये १० जनाको परीक्षण गर्दा एक जनामा कोभिड–१९ को भाईरस, एक जनामा भाईरल ईन्फ्लुएन्जा बी र अरु सात जनामा भाईरल ईन्फ्लुएन्जाको रिपोर्ट प्राप्तभएको ढुङ्गानाले बताए ।

    थप अनुसन्धानका लागि त्यस क्षेत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत ईपिडिमियोलोजी महाशाखा, विश्व स्वास्थ्य संगठनको सुर्खेतस्थित कार्यालय र जिल्ला अस्पातलबाट गरी तीनजनाको डाक्टर सहितको टोली बुधबार सोरु गाउँपालिका–६ पुरुमुरु र जिमागाउँतर्फ हिँडेको छ । डाक्टरको टोली केही दिन उक्त स्थानमा बसेर थप अनुसन्धान गर्ने प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले बताए ।

    सोरु गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीका अनुसार केही समय अघिबाट भाईरल ईन्फ्लुएन्जा नियन्त्रण गर्न गाउँपालिकाले औषधिसहित स्वास्थ्यकर्मी  परिचालन गरेको छ । बुधबार जिल्ला अस्पातलबाट डाक्टरसहित टोली गाउँमा पुग्ने बताइएको छ ।  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ