बिहीबार , वैशाख २७ गते २०८१

लोकदोहोरी गायिका जेरीले खोलिन् ठमेलमा दोहोरी साँझ

लोकदोहोरी गायिका जेरीले खोलिन् ठमेलमा दोहोरी साँझ

अखबार दैनिक
बुधबार, माघ १७ २०८०
  • लोकदोहोरी गायिका जेरीले खोलिन् ठमेलमा दोहोरी साँझ

    काठमाडौं । पछिल्लो समय ‘लाइभ दोहोरी’ भिडियोमार्फत् चर्चामा रहेकी गायिका बबिता बानियाँ ‘जेरी’ले ठमेलमा दोहोरी साँझ (रोधीघर) खोलेकी छन् ।

    images

    यसअघि बागबजारमा दोहोरी खोलेकी उनले नयाँ र आकर्षण डेकोरेसनसहित ठमेलको मुख्य चोकमै चाहना नामको दोहोरी साँझ खोलेकी हुन् ।

    उनले पहिला दरबारमार्गमा दोहोरी साँझ व्यवसाय गर्थिन् र गीत पनि गाउँथिन् । दरबारमार्गमा पति शंकर क्षेत्रीसँग उनको साझेदारी थियो । पतिसँग सम्बन्ध विच्छेद भएपछि उनले छुट्टै दोहोरी खोलेकी थिइन् ।

    अहिले ठमेलको दोहोरीमा उनीसँग केही चर्चित कलाकार समेत छन् । सोमबार उद्घाटनको अन्तिम दिनको कार्यक्रममा लोक तथा दोहोरी गायक बद्री पङ्गेनी र कृष्ण कँडेलसहित इन्द्रेणी टिम सहभागी थियो ।

    उनको दोहोरीमा राखिएको मेन्युमा बियरको मूल्य एक हजार पर्छ । प्राय रात्रिकालिन मनोरञ्जन क्षेत्रमा यही हाराहारीकै मूल्य हुने गर्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार