बिहीबार , वैशाख २७ गते २०८१

पूर्वमिस नेपाल अनुष्काको तर्क : युवाले नेपालमा रोजगारीको अवसर छैन भन्न मिल्दैन

पूर्वमिस नेपाल अनुष्काको तर्क : युवाले नेपालमा रोजगारीको अवसर छैन भन्न मिल्दैन

अखबार दैनिक
बुधबार, माघ १७ २०८०
  • पूर्वमिस नेपाल अनुष्काको तर्क : युवाले नेपालमा रोजगारीको अवसर छैन भन्न मिल्दैन

    काठमाडौं । मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ यतिबेला उद्यमशीलतामा व्यस्त छिन् । डेजर्ट बनाउने उनको घरेलु ब्राण्ड ‘माक्कुसे’ले काभ्रेबाट ताजा खुवा ल्याएर यो परिकार बनाइरहेको छ ।

    images

    काठमाडौंमा परम्परागतरुपमा उत्पादन भएका नेपाली परिकारलाई अन्तर्राष्ट्रिय ब्राण्डिङ गर्ने उनको सोच हो । आफू मिस नेपाल रहँदा पनि उनले उद्यमशीलतामा जोड दिने गर्थिन् ।

    लाखौं युवा विदेशिएको यो बेला स्वदेशमै उद्यम गर्नु पक्कै पनि चुनौतीपूर्ण काम हो । यस्तोमा मिस नेपाल ओसियाना २०१८ की विजेता समेत रहेकी अनुष्काले ‘नेपालमा रोजगारीको अवसर छैन’ भन्न नमिल्ने बताएकी छन् ।

    मंगलबार राति फेसबुकमा उनले देशभित्र काम गर्न नमान्ने युवापुस्तालाई लिएर टिप्पणी गरेकी छन् । उनी लेख्छिन्, ‘यो अन्तर्वार्तामै नआइदिने, जागिर स्वीकार गरेर सूचनाबिनै हराइदिने, नोटिस पिरियडलाई सम्मान नगर्ने नेपाली युवाले चाहिं नेपालमा रोजगारीको अवसर छैन भन्न पाउँदैन । कर्मचारीको गुनासोलाई महत्व दिएर सुनिन्छ तर रोजगारदाताको पीडा कसले सुन्ने ? यो दुईतर्फी हुनुपर्छ । दुवै पक्षले आफ्नो काम गर्नुपर्छ ।’

    उद्यमशीलताबाहेक अनुष्का पछिल्लो समय रनवे मोडलिङमा शो स्टपरको रुपमा समेत देखिने गर्छिन् । पछिल्लो पुस्तामा उनको फ्यान फलोअर्स पनि उच्च देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ