आइतबार, जेठ ६ गते २०८१

रानी जमरा कुलरियाबाट उत्पादित बिजुली राष्ट्रिय ग्रिडमा जोडियो

रानी जमरा कुलरियाबाट उत्पादित बिजुली राष्ट्रिय ग्रिडमा जोडियो

अखबार दैनिक
बुधबार, माघ १७ २०८०
  • रानी जमरा कुलरियाबाट उत्पादित बिजुली राष्ट्रिय ग्रिडमा जोडियो

    काठमाडौँ । रानी जमरा कुलरिया सिँचाइ आयोजनाबाट उत्पादित ४.७१ मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा जोडिएको छ । यो आयोजनाबाट वार्षिकरुपमा ४२ गिगावाट हावर बिजुली उत्पादन हुने छ ।

    images

    यो आयोजनाबाट १२ महिना नै एकै परिणाममा बिजुली उत्पादन गर्न सकिने बताइएको छ । यो आयोजनाबाट पुस १७ गतेदेखि बिजुली उत्पादन थालिएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले आयोजनाको उद्घाटन गरेका थिए ।

    यो आयोजनाको निर्माण २०६६/६७ सालमा सुरु भएको थियो । यो आयोजनाबाट सिँचाइसहित बिजुली समेत उत्पादन हुने भएपछि बहुउपयोगी आयोजनाका रूपमा रहेको छ । आयोजनाका इन्जिनियर वीरसिंह धामीका अनुसार यो आयोजनालाई व्यवस्थित गर्न सकेमा पश्चिम तराईको भरपर्दो बिजुलीको स्रोत बन्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार