शनिबार, जेठ ५ गते २०८१

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अखबार दैनिक
मंगलबार, माघ १६ २०८०
  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । महासंघले हिजो सोमबारको तुलनामा आज मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेर कारोबार सुरु भएको जनाएको हो ।

    images

    बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५० रुपैयाँ कायम छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ७५० रुपैयाँ कायम थियो ।

    यस्तै, आज चाँदीको मूल्यमा समेत वृद्धि भएको छ । महासंघका अनुसार चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेर १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार हिजो चाँदीको मूल्य तोलामा १४ सय ५ रुपैयाँ कायम थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार