बुधबार, वैशाख २६ गते २०८१

विवाहको कुराले तनावमा यी टेलिभिजन अभिनेत्री

विवाहको कुराले तनावमा यी टेलिभिजन अभिनेत्री

अखबार दैनिक
सोमबार, माघ १५ २०८०
  • विवाहको कुराले तनावमा यी टेलिभिजन अभिनेत्री

    एजेन्सी । भारतीय टेलिभिजन शो ‘नागिन’ की अभिनेत्री सुरभी चन्दनाले प्रेमी करण शर्मासँग विवाह गर्ने तयारी गरिरहेकी छन् । यी अभिनेत्रीले केही दिन अघि मात्र विवाहको बारेमा जानकारी दिएकी थिइन् । उनीहरुको विवाह मार्च २ मा हुँदैछ ।

    images

    हालै उनी मुम्बई सिटीमा देखिएकी थिइन् । यसक्रममा उनको स्थिति त्यति ठिक थिएन । अभिनेत्रीले पापराजीलाई विवाहको तनावले कपाल सेतो भइरहेको बताएकी थिइन् । अनुहारको रंग पनि उडिसकेको थियो ।

    विवाहको तयारी त्यति सजिलो नभएको उनको भनाई थियो । साथमा उनी खुशी पनि थिइन् कि प्रेमीसँग सधैंका लागि एक हुन गइरहेकी छन् । सुरभी विगत १३ वर्षदेखि करणसँग सम्बन्धमा थिइन ।

    करण पेसाले व्यवसायी हुन् । व्यवसायबाट उनले करोडौं कमाउँछन् । सुरभी पनि अहिलेको समयमा चर्चित टेलिभिजन अभिनेत्रीमा पर्छिन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार