शनिबार, जेठ ५ गते २०८१

भन्सार छली गरेर ल्याउँदै गरेको ७ लाखको सामान बरामद

भन्सार छली गरेर ल्याउँदै गरेको ७ लाखको सामान बरामद

अखबार दैनिक
सोमबार, माघ १५ २०८०
  • भन्सार छली गरेर ल्याउँदै गरेको ७ लाखको सामान बरामद

    गोदार । भारतबाट अवैधरुपमा भन्सार छली गरेर नेपाल ल्याउँदै गरेको रु सात लाख ५७ हजार बराबरको खाद्यान्न, लत्ताकपडा, हार्डवेयरका सामानसहित मोटरसाइकल धनुषा प्रहरीले बरामद गरेको छ ।

    images

    भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याएको किराना सामान, प्याज, खुर्सानी, कपडा र हार्डवेयरका सामान आइतबार प्रहरीले बरामद गरेको हो । सामान ओसारपसारमा प्रयोग गरिएका तीन मोटरसाइकलसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवालेले जानकारी दिए ।

    बरामद गरिएको सामान र मोटरसाइकल भन्सार कार्यालय जनकपुरलाई बुझाइएको प्रहरीले जनाएको छ । 
    रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार