बिहीबार , वैशाख २७ गते २०८१

बिग्रिरहने सिसिटिभी मर्मत गर्दैमा हैरान : पाँचलाख खर्चेर मर्मत गरेको छ महिना नबित्दै पुनः मर्मत, गुणस्तरहीन काम गरेको आरोप

बिग्रिरहने सिसिटिभी मर्मत गर्दैमा हैरान : पाँचलाख खर्चेर मर्मत गरेको छ महिना नबित्दै पुनः मर्मत, गुणस्तरहीन काम गरेको आरोप

अखबार दैनिक
सोमबार, माघ १५ २०८०
  • बिग्रिरहने सिसिटिभी मर्मत गर्दैमा हैरान : पाँचलाख खर्चेर मर्मत गरेको छ महिना नबित्दै पुनः मर्मत, गुणस्तरहीन काम गरेको आरोप

    मर्मत भएको एक महिनामै बिग्रिएपछि गोरखा बजार क्षेत्रमा जडित सिसिटिभी पुनः मर्मत गरिएको छ । गोरखा नगरपालिकाद्वारा बिनियोजित पाँचलाख बजेटले ७१ वटा सिसिटिभी मर्मत गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । यसअघि मर्मत गरेको छ महिना नबित्दै फेरि मर्मत गर्नु परेको हो ।

    images

    ‘गत साउन महिनामा पाँच लाख खर्चेर यही जिल्लाका प्राविधिक टोलीबाट मर्मत गराएका थियौँ,’ जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले भने, ‘तर एक महिना नबित्दै बिग्रिएकाले काम राम्रो गरेको देखिएन ।

    त्यसैले यो बर्ष काठमाण्डौकै प्राविधिकहरु बोलाएर काम गरायौँ ।’ नगरपालिकाले विनियोजन गरेको पाँच लाख रकमबाट बिग्रिएका सिसिटिभीहरु मर्मत गरिएको उनले जानकारी दिए । उनका अनुसार गत साउन महिनामा पनि नगरपालिकाद्वारा विनियोजित पाँचलाख रकम खर्चेर सिसिटिभी मर्मत गरिएको थियो ।

    जडान गर्ने बित्तिकै बिग्रिने र मर्मत गरेको थोरै समय पनि नटिक्ने हुँदा गुणस्तरहीन उपकरण तथा कमजोर प्राविधिकबाट बजार क्षेत्रभित्र सिसी क्यामेरा जोडिएको नगरबासीको अरोप छ ।

    यसअघि गोरखा नगरपालिकासंग आर्थिक सहायता लिई सामुदायिक सेवाकेन्द्रले बजार क्षेत्रमा सिसिटिभी जडान गरेको थियो ।

    ठूलोआँगन, छहरे, पाटेचौर, चिल्ड्रेन पार्क, बराह मन्दिर, खोलखोले, ठिँगुरेस्वाँरा लगायतका स्थानहरु सिसिटिभी निगरानीमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सिसिटिभी मर्मत भएसँगै जिल्लामा हुने अपराधिक घटनाको अनुसन्धानमा टेवा पुग्ने अपेक्षा प्रहरीको छ । साथै जिल्लाको शान्ति सुरक्षा कायममा पनि सहयोग पुग्ने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार