आइतबार, जेठ ६ गते २०८१

विश्वको सबैभन्दा ठूलो क्रूज जहाज आफ्नो पहिलो यात्रामा निस्कियो

विश्वको सबैभन्दा ठूलो क्रूज जहाज आफ्नो पहिलो यात्रामा निस्कियो

अखबार दैनिक
आइतबार, माघ १४ २०८०
  • विश्वको सबैभन्दा ठूलो क्रूज जहाज आफ्नो पहिलो यात्रामा निस्कियो

    एजेन्सी - मियामी । विश्वको सबैभन्दा ठूलो क्रूज जहाज आफ्नो पहिलो यात्रामा निस्किएको छ । अमेरिकाको फ्लोरिडास्थित मियामीमा आइतबार यसको उद्घाटन गरिएको हो ।

    images

    ‘आइकन अफ द सीज’ नामको यो क्रुज जहाज ३६५ मिटर (१,१९७ फिट) लामो छ। यसमा २० डेक छन् र ७,६०० यात्रुले एकैसाथ यात्रा गर्न सक्छन्। यो क्रुज रोयल क्यारिबियन समूहको हो। आफ्नो पहिलो यात्राको क्रममा क्रूज जहाजले सात दिनको यात्रा पूरा गर्नेछ।

    079c2e8a-4f26-406d-8129-d8ab272c1e0e_5Ou7OxdDtZ.jpg

    यो जहाजमा सातवटा स्विमिङ पुल छन्। यसबाहेक यसमा ६ वाटरस्लाइड, ४० रेस्टुरेन्ट, बार र लाउन्ज छन्। जहाजमा सेन्ट्रल पार्क नामको एउटा सानो पार्क पनि छ जसमा वास्तविक रूखहरू र बिरुवाहरू रोपिएका छन्। यस पार्कमाथि पौडी खेल्नेको मूर्ति स्थापना गरिएको छ ।

    08f1c0aa-fb2e-4d5f-abe2-b13165ca2ada_YtxYAkqu4f.jpg

    तर, वातावरणविद्हरूले यो जहाजको विरोध गरिरहेका छन् । एलएनजीमा चल्ने यो जहाजले समुद्रमा ठूलो मात्रामा मिथेन उत्सर्जन गर्ने उनको भनाइ छ । जहाजमा प्रयोग हुने परम्परागत समुद्री इन्धनको तुलनामा, एलएनजी राम्रो र कम प्रदुषणकारी भए पनि यसमा चुहावट हुने खतरा हुन्छ।

    581df605-266d-4c42-a311-cfd3a02244d5_hAUYiq2bem.jpg

    तर रोयल क्यारेबियन समूहका प्रवक्ताले आधुनिक जहाजको अन्तर्राष्ट्रिय सामुद्रिक मापदण्डअनुसार यो जहाजले २४ प्रतिशत कम ग्यास उत्सर्जन गर्ने बताएका छन् ।

    6fd47ba8-7088-4cf9-84b2-0feffa7fb1d3_mus6VNhIm8.jpge951eed4-2677-4955-afdf-81338fba909b_KI3Ta5rLnH.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार