बुधबार, मंसिर ५ गते २०८१

चिनियाँ उपमन्त्री सुन नेतृत्वको प्रतिनिधि मण्डल र दलका नेताहरूबिच छलफल

चिनियाँ उपमन्त्री सुन नेतृत्वको प्रतिनिधि मण्डल र दलका नेताहरूबिच छलफल

अखबार दैनिक
आइतबार, माघ १४ २०८०
  • चिनियाँ उपमन्त्री सुन नेतृत्वको प्रतिनिधि मण्डल र दलका नेताहरूबिच छलफल

    काठमाडौँ । नेपाल भ्रमणमा रहेकी चिनियाँ कम्युनिस्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डलले राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरेको छ । आइतबार होटल सोल्टीमा भएको छलफलमा दुई देशबिच सम्बन्ध बिस्तार, सहयोग आदानप्रदान, सहकार्य लगायत विषयमा छलफल भएको एकीकृत समाजवादीका विदेश विभागका सचिव डा.शंकर खतिवडाले जानकारी दिए ।

    images

    खतिवडाका अनुसार छलफलमा कांग्रेसबाट नेता डा.शेखर कोइराला, एमालेका महासचिव शङ्कर पोखरेल, माओवादी केन्द्रका महासचिव देव गुरुङ, राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्याल लगायत विभिन्न दलका शीर्ष नेताहरू सहभागी छन् । यसअघि सुनले प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख दलका शीर्ष नेताहरूसँग भेट गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा चासो तथा दुई पक्ष हितको विषयमा छलफल गरेकी थिइन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार