शनिबार, जेठ ५ गते २०८१

अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनामा जोड दिन बक्सिङ संघको निर्णय

अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनामा जोड दिन बक्सिङ संघको निर्णय

अखबार दैनिक
आइतबार, माघ १४ २०८०
  • अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनामा जोड दिन बक्सिङ संघको निर्णय

    १४ माघ, काठमाडौं । नेपाल बक्सिङ महासंघको तेस्रो कार्यसमितिको बैठकले अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताहरु आयोजनामा जोड दिने निर्णय गरेको छ ।

    images

    महासंघका अध्यक्ष राम अवालेको अध्यक्षतामा ललितपुर हात्तीवन स्थित क्लासिक ब्याङ्केटमा शनिबार सम्पन्न तेस्रो बैठकले आगामी वर्षको कार्यक्रममा स्कुल, जुनियर, युथ, इलाईट र अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्ने र एएसबीसी, आइबा र आईओसीका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा ब्यापक सहभागी गराउने निर्णय गरेको महासंघका महासचिव मानबहादुर भण्डारीले जनाएका छन् ।महासंघको सचिवालय स्तरको बैठकले यस अघि गरेको निर्णयहरुलाई पनि बैठकले अनुमोदन गरेको छ ।

    यसैगरी तेस्रो पुर्ण कार्यसमिति बैठकले विभिन्न उपसमितिहरु गठन गर्ने निर्णय गरेको छ । जसमा आर्थिक उपसमितिको संयोजकमा महासंघका अध्यक्ष राम अवाले, निति तथा कार्यक्रम तर्जुमा उपसमिति संयोजकमा मान बहादुर भण्डारी, प्राविधिक उपसमिति संयोजकमा पुस्करराज पन्त, प्रशिक्षक उपसमिति संयोजकमा प्रचण्ड शर्मा रहेका छन् ।

    यस्तै, रेफ्री-जज उपसमिति संयोजकमा सविन भट्टचार्य, अनुशासन उपसमिति संयोजकमा अर्जुन बहादुर के.सी, छनोट उपसमिति संयोजकमा मानबहादुर भण्डारी, प्रतियोगिता उपसमिति संयोजकमा रामबहादुर गिरी, स्कुल कमिशन संयोजकमा श्यामकाजी अवालेलाई  चयन गर्ने निर्णय गरेको महासंघका महासचिव मान बहादुर भण्डारीले जानकारी दिए ।

    यस्तै बैठकले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको कभर्डहल निर्माण कार्य अघि बढाउने, त्रिपुरेश्वरस्थित महासंघको केन्द्रीय कार्यालयलाई व्यवस्थित गर्ने, प्रशिक्षक तथा रेफ्रि-जज तालिम संचालन गर्ने, बक्सिङ खेल विकास र विस्तारका लागि विद्यालय स्तरमा आवश्यक जनचेतनामूलक कार्यक्रम तथा गोष्ठी सन्चालन गर्ने समेत निर्णय गरेको छ ।

    सोफिया शहरमा बुल्गेरिया बक्सिङ महासंघले आयोजना गरेको ७५ औं अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा आइबाद्वारा संचालित थ्री स्टार रेफ्री-जज सर्टिफिकेशन कोर्षमा सहभागी हुन लागेका टु स्टार रेर्फी-जज धनकुमार मैनालीलाई परीक्षा सफलताको शुभकामना दिदै अध्यक्ष तथा पदाधिकारीले बिदाई समेत गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार