बिहीबार , वैशाख २७ गते २०८१

रामबाबु गुरुङले रुम्जाटारमा टुंग्याए ‘डिग्री माइला’को छायांकन

रामबाबु गुरुङले रुम्जाटारमा टुंग्याए ‘डिग्री माइला’को छायांकन

अखबार दैनिक
शुक्रबार, माघ १२ २०८०
  • रामबाबु गुरुङले रुम्जाटारमा टुंग्याए ‘डिग्री माइला’को छायांकन

    काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’को छायांकन सकिएको छ । ओखलढुंगाको रुम्जाटारमा बिहीवार फिल्म इण्डकल्याप भएको हो ।

    images

    असोज १ गतेदेखि पहिलो चरणको छायांकन सुरु भएको थियो । पहिलो चरणको छायांकन सकिएसँगै निर्माताले फस्टलुक पोस्टर सार्वजनिक गरेका थिएँ जहाँ दयाहाङ राईको क्यारेक्टर लुक्स बाहिरिएको थियो ।

    दोस्रो चरणको छायांकन भने काठमाडौंबाट सुरु हुँदै रुम्जाटारमा पुगेर सकिएको हो । बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको यो फिल्मले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगार पात्रको कथा पेश गर्छ ।

    फिल्ममा दयाहाङसहित आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ । ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई फिल्मले बटमलाइन बनाएको छ । फिल्मको प्रदर्शन २०८१ सालको बैशाख १ गते तय गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार