बुधबार, वैशाख २६ गते २०८१

'मोदिबेनी'बाट फिल्ममा कमब्याक गर्दै रेजिना

'मोदिबेनी'बाट फिल्ममा कमब्याक गर्दै रेजिना

अखबार दैनिक
बिहीबार , माघ ११ २०८०
  • 'मोदिबेनी'बाट फिल्ममा कमब्याक गर्दै रेजिना

    काठमाडौँ। करिब ९ वर्षपछि अभिनेत्री रेजिना उप्रेतीले फिल्ममा कमब्याक गर्ने भएकी छन् । शङ्कर कोइरालाको  निर्देशन रहने फिल्म 'मोदिबेनी'बाट उनले फिल्ममा कमब्याक गर्न लागेकी हुन् । उनी पछिल्लो फिल्म 'वरदान'मा देखिएकी थिइन् ।

    images

    हाल कार्यशालामा रहेको यस फिल्मबाट अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले डेब्यु गर्दैछन् । ओजस थियटरमा दुई वटा नाटकमा प्रमुख भूमिकामा अभिनय गरेका श्रेष्ठले केही विज्ञापन तथा 'प्रितको रित' नामक वेब सिरिज अभिनय गरेका छन् । केसीकाे उप्रेतीसँग जोडी हुनेछ ।

    अभिनेता सरोज खनालको समेत मुख्य भूमिका रहने फिल्ममा अमर, सरोज, रेजिनाकाे अलवा  केकी अधिकारी, दिलीप रायमाझी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहनेछ ।

    डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो फिल्म आनन्द विक्रम क्षेत्रीले लेखेका हुन् । दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहेको फिल्म करिब पैँतिस-चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइन लागिएको हो । फिल्मको कथा पर्वत जिल्लाको मोदिबेनी क्षेत्रको हो । जसको छायाङ्कन माघ १६ गतेदेखि सुरु हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार