शनिबार, जेठ ५ गते २०८१

अयोध्याको राम मन्दिरमा एकैदिन ३ करोड १७ लाख रुपैयाँ दान संकलन

अयोध्याको राम मन्दिरमा एकैदिन ३ करोड १७ लाख रुपैयाँ दान संकलन

अखबार दैनिक
बिहीबार , माघ ११ २०८०
  • अयोध्याको राम मन्दिरमा एकैदिन ३ करोड १७ लाख रुपैयाँ दान संकलन

    काठमाडौं : अयोध्याको राम मन्दिरमा एकैदिन ३ करोड बढी रुपैयाँ संकलन भएको छ। मन्दिरको प्राण प्रतिष्ठा गरेको भोलिपल्ट मंगलबार ३ करोड १७ लाख रुपैयाँ भेटी संकलन भएको हो।

    images

    उक्त दिन २ लाख ५ हजार बढी भक्तजनले मन्दिरको दर्शन गरेका थिए। रामजन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका अनिल  मिश्रले मन्दिरको प्राण प्रतिष्ठापछि खोलिएका १० काउन्टरबाट एकै दिनमा अनलाइनमार्फत ३ करोड १७ लाख रुपैयाँ दान प्राप्त भएको बताए।


    बुधबार राती १० बजेसम्म २ लाख ५ हजार बढी भक्तजनले मन्दिरको दर्शन गरेका थिए। प्राण प्रतिष्ठा गरेको दिन सोमबार ५ लाख बढी भक्तजनले मन्दिरको दर्शन गरेको छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार