बुधबार, वैशाख २६ गते २०८१

विनयराजको निर्देशनमा फिल्म ‘आम नागरिक’ बन्ने

विनयराजको निर्देशनमा फिल्म ‘आम नागरिक’ बन्ने

अखबार दैनिक
बिहीबार , माघ ११ २०८०
  • विनयराजको निर्देशनमा फिल्म ‘आम नागरिक’ बन्ने

    काठमाडौँ । विनयराज पौडेलको निर्देशनमा फिल्म ‘आम नागरिक’ बन्ने भएको छ । स्वस्थानी व्रत सुरुवात दिनको अवसर पारेर बिहीबार फिल्म निर्माण घोषणा भएको हो ।

    images

    केसित बाबु प्रोडक्सन हाउसको ब्यानरमा बन्ने फिल्म पुस्कर राउतको प्रस्तुतिमा निर्माण हुने लागेको हो । निर्माण पक्षले फिल्मको आधिकारिक एक पोस्टर समेत सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा एक व्यक्ति शरीरको पछिल्लो भागमा खुकुरी बोकेर उभिएको देखाइएको छ । पृष्ठभूमिमा कुनै सहरको दृश्य छ ।

    निर्देशक पौडेलले यसै फिल्म मार्फत निर्देशन डेब्यु गर्न लागेका हुन् । फिल्मका लागि धमाधम कलाकार छनौट भइरहेको छ । 

    उग्रशन ढुङ्गाना र राजेन्द्र दुलाल निर्माता रहने फिल्मको आगामी वैशाखबाट छायांकन हुनेछ । फिल्मको लेखन पनि स्वयम् निर्देशक पौडेलकै रहनेछ । 

    दर्जन बढी फिल्ममा मुख्य सहायक निर्देशकका रूपमा काम गरिसकेका विनयले केही म्युजिक भिडियो र टेलिफिल्मको पनि निर्देशन गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार