बुधबार, कात्तिक ७ गते २०८१

‘बडे मियाँ छोटे मियाँ’को टिजर : अक्षय-टाइगरको जोडी देश बचाउने लडाइँमा

‘बडे मियाँ छोटे मियाँ’को टिजर : अक्षय-टाइगरको जोडी देश बचाउने लडाइँमा

अखबार दैनिक
बुधबार, माघ १० २०८०
  • ‘बडे मियाँ छोटे मियाँ’को टिजर : अक्षय-टाइगरको जोडी देश बचाउने लडाइँमा

    काठमाडौं । अक्षय कुमार र टाइगर श्राफ स्टारर फिल्म ‘बडे मियाँ छोटे मियाँ’को टिजर बुधबार रिलिज भएको छ । यो एक्सन फिल्ममा अक्षय र टाइगर पहिलो पटक सँगै देखिएका छन् । ‘सुल्तान’ र ‘टाइगर जिन्दा है’ जस्ता फिल्म निर्देशन गरेका अली अब्बास जफरले यसलाई ‘लार्जर द्यान लाइफ’ शैलीमा छायांकन गरेका छन् ।

    images

    फिल्मको टिजर साउथ सुपरस्टार पृथ्वीराज सुकुमारनको भ्वाइस ओभरबाट सुरु हुन्छ, जसमा उनले प्रलय आउन लागेको बताएका छन् । ‘विगत, वर्तमान र भविष्यलाई परिवर्तन गर्ने प्रकोप । एउटा प्रलय जसले असल र खराबबीचको युद्धलाई सदाको लागि अन्त्य गर्नेछ । भारत ध्वस्त हुनेछ । मलाई कसले रोक्छ..?’ डायलगमा भनिएको छ ।

    यसपछि आर्मी अफिसर अक्षय र टाइगरको एन्ट्री हुन्छ । उनीहरु भन्छन्, ‘हामी मनले सिपाही, दिमागले शैतान हौं । हामीबाट टाढै बस्नु, हामी हिन्दुस्तानी हौं ।’ त्यसपछि उनीहरु मुलुकको रक्षाका लागि दुश्मनसँग लडिरहेका देखिन्छन् । फिल्ममा एक्सन र भारतीय देशभक्तिका तत्व मिश्रण गरिएको छ ।

    फिल्ममा अक्षय र टाइगरबाहेक साउथ सुपरस्टार पृथ्वीराज सुकुमारन खलनायकको भूमिकामा देखिनेछन् । सोनाक्षी सिन्हा, अलाया एफ, मानुषी छिल्लर र रोनित रोयको पनि महत्वपूर्ण भूमिका रहनेछ । यो फिल्म अप्रिल २०२४ को इदमा रिलिज हुनेछ । सोही मितिमा अजय देवगण स्टारर फिल्म ‘मैदान’ पनि रिलिज हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ