शनिबार, जेठ ५ गते २०८१

नाबालिगलाई यौन क्रियाकलापमा लगाउने महिला पक्राउ

नाबालिगलाई यौन क्रियाकलापमा लगाउने महिला पक्राउ

अखबार दैनिक
बुधबार, माघ १० २०८०
  • नाबालिगलाई यौन क्रियाकलापमा लगाउने महिला पक्राउ

    काठमाडौं । आर्थिक लाभ लिई नाबालिगहरुलाई यौन क्रियाकलापमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा धनकुटा छथर जोरपाटी गाउँपालिका-१ घर भएकी ३६ वर्षीय आशा लामा भन्ने लालमाया तामाङ  रहेकी छन् । 

    images

    उनले काठमाडौ महानगरपालिका-३२ जडिबुटीस्थित टिमुरे क्याफे र चरिकोट गेष्ट हाउस सञ्चालन गरी उक्त क्याफे तथा गेष्ट हाउसहरुमा बालिकाहरुलाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने गरेको प्रहरीले जनाएको छ । यससम्बन्धी सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको उनलाई काठमाडौं जडिबुटीबाट पक्राउ गरेको हो । साथै व्यूरोबाट खटिएको प्रहरीले दुई जना बालिकाहरूको उद्दार समेत गरेको छ ।

    आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका कम पढेलेखेका बालिकाहरुलाई क्याफे तथा गेष्ट हाउसमा वेटरको काम लगाईदिने तथा आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी बोलाउने गरेको, शुरूमा वेटरको काममा लगाउने र केही समय पछी ललाई फकाई प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । 

    उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरूको खोजी भइरहेको उक्त व्यूरोले जनाएको छ ।  
     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार