बुधबार, वैशाख २६ गते २०८१

रिलिजअघि फाइटरलाई झट्का, यी देशमा प्रतिबन्ध

रिलिजअघि फाइटरलाई झट्का, यी देशमा प्रतिबन्ध

अखबार दैनिक
बुधबार, माघ १० २०८०
  • रिलिजअघि फाइटरलाई झट्का, यी देशमा प्रतिबन्ध

    नयाँ दिल्ली । ऋतिक रोशन र दीपिका पदुकोणको एरियल एक्शन फिल्म फाइटर यतिबेला निकै चर्चामा छ । बिहिबारदेखि फिल्म सिनेमा हलमा आउँदै छ । एड्भान्स बुकिङमा पनि फिल्मले शानदार कलेक्सन गरिरहेको छ । यसैबिच मेकरहरूलाई ठुलो झट्का लागेको छ । ऋतिक रोशनको फिल्मलाई मध्य पूर्वका कयौँ देशमा प्रतिबन्ध लगाइएको छ ।

    images

    फिल्म बिजनेस एक्सपर्ट र निर्माता गिरीश जौहरले बताएअनुसार ऋतिकको फिल्म संयुक्त अरब इमिरेट्स (यूएई)बाहेक मध्य पूर्वका सबै देशमा प्रतिबन्ध लगाइएको छ । सामाजिक सञ्जाल मञ्च एक्समा पोस्ट शेयर गर्दै जौहरले यो जानकारी दिएका हुन् । ‘फाइटरलाई आधिकारिक रूपमा मध्य पूर्वका कयौँ देशमा प्रतिबन्ध गरिएको छ । यो फिल्म यूएईको सिनेमा हलमा पीजी १५ क्लासिफिकेशनको साथमा रिलिज हुनेछ ।’ पोस्टमा भनिएको छ ।

    हिन्दुस्तान टाइम्समा छापिएको एउटा समाचारका अनुसार फिल्मको टिमसँग जोडिएको एउटा स्रोतले यो खबरलाई पुष्टि गरेको हो । तर मेकरहरूले यस मामिलामा आफ्नो आधिकारिक विज्ञप्ति जारी गरेको छैन । फिल्म जनवरी २५ मा रिलिज हुँदैछ । फिल्म भारतीय हवाई सैन्य बलमाथि बनेको हो । फिल्ममा ऋतिक र दीपिका बाहेक अनिल कपूर, किरण सिंह ग्रोवर र संजीदा शेख जस्ता कलाकार छन् । फिल्मको निर्देशन सिद्धार्थ आनन्दले गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार