बुधबार, वैशाख १९ गते २०८१

जर्जियामा नेपाली बालकले जिते ‘वर्ल्ड राइजिङ स्टार २०२४’ उपाधि

जर्जियामा नेपाली बालकले जिते ‘वर्ल्ड राइजिङ स्टार २०२४’ उपाधि

अखबार दैनिक
बुधबार, माघ १० २०८०
  • जर्जियामा नेपाली बालकले जिते ‘वर्ल्ड राइजिङ स्टार २०२४’ उपाधि

    काठमाडौँ । जर्जियामा भएको बालबालिकाको प्रतियोगिता ‘वर्ल्ड राइजिङ स्टार २०२४’मा नेपाली प्रतियोगी लोयाङ शेर्पाले शीर्ष उपाधि जितेका छन् । कपनको त्रिज्योति स्कुलमा कक्षा ७ मा अध्ययनरत लोयाङले ४० देशका बालबालिकालाईपछि पार्दै शीर्ष उपाधि जितेका हुन् । प्रतियोगिताको ट्यालेन्ट राउन्डमा ‘रेशम फिरिरी’ बोलको गीत गाएका उनले विधातर्फ ‘ट्यालेन्ट राउन्ड’को अवार्ड पनि सुरक्षित गरे ।

    images

    प्रतियोगितामा सहभागी एन्जल बाबु कट्टेलले ‘ट्यालेन्ट अवार्ड’ र सनिस्ता रेग्मीले ‘युरोसिया’ अवार्ड जिते । उनीहरु प्रतियोगितामा सहभागी भई मंगलबार बिहान काठमाडौँ फर्किएका छन् । नेपाल फर्किएपछि मिडियासँग कुरा गर्दै लोयाङले शीर्ष उपाधि जित्दा खुसी लागेको बताए । उनले आफूले त्यहाँ धेरै साथीहरू बनाएकाले उनीहरूलाई नेपाल आउन निम्तो पनि दिएको खुलाए ।

    प्रतियोगितामा ‘वर्ल्ड राइजिङ स्टार २०२३’ का विजेता प्रसुन जंग पोखरेल विशेष अतिथिका रूपमा गएका थिए । उनले यस पटक पनि नेपालले शीर्ष उपाधि ल्याउँदा खुसी लागेको बताए ।

    प्रतियोगीलाई जर्जिया पठाउने व्यवस्थापन गरेको परिवर्तन इभेन्ट हाउसकी प्रमुख सोनिया जीआरले आफ्नो कार्यक्रम ‘डीएसए स्टार’का विजेताले अन्तर्राष्ट्रिय प्रतियोगितामा शीर्षसहित विधागत अवार्ड जित्दा गौरवको अनुभव गरेको बताइन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ