आइतबार, जेठ ६ गते २०८१

चीनको युनान प्रान्तमा पहिरोमा कम्तीमा ४७ जना पुरिए

चीनको युनान प्रान्तमा पहिरोमा कम्तीमा ४७ जना पुरिए

अखबार दैनिक
सोमबार, माघ ८ २०८०
  • चीनको युनान प्रान्तमा पहिरोमा कम्तीमा ४७ जना पुरिए

    एजेन्सी \ युनान । चीनको दक्षिण पश्चिम युनान प्रान्तमा सोमबार बिहान पहिरो जाँदा कम्तीमा ४७ जना पुरिएका छन् । सरकारी सञ्चारमाध्यमहरूले बताएअनुसार जाओतोङ शहरको झेनसिओङ काउन्टीमा उक्त पहिरो गएको हो ।

    images

    उद्धारकर्ताहरूले पुरिएका मान्छेहरूको उद्धार सुरु गरेका छन् । यो घटनामा कति जना हताहत भए भन्ने स्पष्ट भइसकेको छैन । यो घटनापछि सो क्षेत्रबाट ५०० भन्दा धेरै जनालाई उद्धार गरिएको थियो । यो घटना स्थानीय समयअनुसार बिहान ५ः५१ बजेतिरको भएको बताइएको छ ।

    सरकारी टिभी च्यानल सीसीटिभीले बताएअनुसार यो घटनामा करिब १८ ओटा घरहरू पुरिएका छन् । यो घटना कसरी भयो भनेर अनुसन्धान भइरहेको छ । युनान प्रान्तमा बेला बेलामा पहिरो गइरहन्छ । सन् २०१३ को जनवरीमा पनि पहिरो जाँदा झेनसिओङमा कम्तीमा १८ जनाको ज्यान गएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार